३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


भारतमा जस्टिन बिबरको चर्को आलोचना


0
Shares

मुम्बईको डिवाइ पाटिल रंगशालामा आयोजित प्रत्यक्ष कन्र्सटमा करिब ५० हजार दर्शककासामु बिबरले पहिल्यै रेकर्ड गरिएको संगीतमा ‘लिपसिङ’मात्र गरेका थिए ।

भारतीय न्यूज एजेन्सी ‘एएनआइ’काअनुसार प्रत्यक्ष भनिएको उनको कन्र्सटमा लिपसिङ अर्थात् पूर्ववत् रेकर्ड गीतमा लय मिलाएर मुखमात्र चलाएपछि अहिले फेसबुक र ट्वीटरमार्फत् उनको आलोचना भएको हो ।

कतिपय दर्शकहरुले यस कन्र्सटलाई ‘फेक’ तथा दर्शक झुक्काएकाले बिबरलाई अब भारत नआउनसमेत अनुरोध गरेका छन् । साथै, दर्शकहरुले बिबरमात्रै नभइ आयोजकसमेत दोषी रहेको उल्लेख गरेका छन् ।

गत बुधबार साँझ बिबरले कन्र्सटमा करिब दुई घन्टा प्रस्तुति दिएका थिए । तर, उनले कन्र्सटमा ‘लिपसिङ’ गरेको खबर बिहीबार (हिजो)मात्र बाहिर आएको हो ।

यस विषयमा बिबरले दर्शकसँग माफीसमेत मागेका छन् । तर, उनका सर्मथकहरुले बिबरको माफीको कुनै अर्थ नभएको प्रतिक्रिया दिएका छन् ।

कन्र्सटमा भारतीय कलाकारहरुकोसमेत उलेख्य सहभागिता रहेको थियो । भारतीय कलाकार सोनाली वेन्द्रेले उक्त कन्र्सट पैसा र समयको बर्बादी भएको प्रतिक्रिया दिएकी छन् । (एजेन्सी)