१ असार २०८२, आइतबार | Sun Jun 15 2025


म्याग्दीको धौलागिरि–३ मा एमालेको जित, अन्नपूर्ण–५ मा कांग्रेसको प्यानलै विजयी


0
Shares

पुनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका देवेन्द्र रोकाले ४१६ मत प्राप्त गरेका छन् ।

महिला सदस्यमा नेपाली कांग्रेसकी रामदेवी पुन ४६४ मत र दलित महिला सदस्यमा कांग्रेसकी चुनदेवी रसाइली ४५९ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खुला वडासदस्यमा एमालेका खबहादुर बुढा ४७६ मत र देउदत्त मल्ल ४७४ मत प्राप्त गरी विजयी भएका छन् ।

एक हजार ५९७ मतदाता रहेको मुनामा एक हजार ६१ मत खसेको थियो । धौलागिरि–४ मुदीको पनि मतगणना सुरु भएको छ ।

अन्नपूर्ण–५ मा कांग्रेस विजयी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको वडाध्यक्षमा नेपाली कांग्रेसका दिनेशकुमार पुनले ५७६ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

मगरका प्रतिस्पर्धी नेकपा एमालेका भीमबहादुर पुन मगरले ४६४ मत प्राप्त गरेका छन् ।

सदस्यहरुमा सबै कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

महिला सदस्यमा बिर्जु रन्तिजा ६२७, दलित महिला सदस्यमा रामसुवा नेपाली ६३४, खुल्ला सदस्यमा राजेश तिलिजा पुन ६३२ र धनबहादुर पाइजा ६४५ मत ल्याइ निर्वाचित भएका छन् ।

एक हजार ९४७ जना मतदाता रहेको शिखमा एक हजार २०८ मत खसेको थियो । रासस