Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


नुवाकोटमा २५ वडाको नतिजा सार्वजनिक, यी हुन् जित्नेहरु


0
Shares

नुवाकोटमा कायम रहेका ८८ वडामध्ये २५ वडामा नयाँ नेतृत्व चयन भएको छ ।

अन्तिम नतिजाअनुसार नेपाली कांग्रेस १३ वडा, नेकपा एमालेले सात वडा र नेकपा माओवादी केन्द्र पाँच वडामा विजयी भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा विदुर नगरपालिका–२ मा वीरेन्द्रकुमार शाही, ३ मा बद्रीप्रसाद रिमाल, तार्केश्वर–६ मा ज्ञानेन्द्र तामाङ, शिवपुरी–१ मा महेन्द्रराज खत्री, शिवपुरी–२ मा इन्द्रबहादुर गुरुङ, तादी–१ मा नकुर दोङ तामाङ, दुप्चेश्वरी–१ मा सुनबहादुर तामाङ, किस्पाङ–२ मा देवनाथ भट्ट, मेघाङ–२ मा रुपबहादुर श्रेष्ठ र दुप्चेश्वर गाँउपालिका–३ मा धुव्रकुमार केसीको प्यानल नै विजयी भएको छ ।

यस्तै, शिवपुरी गाउँपालिका–३ मा रामहरि थापाको प्यानल नै विजयी भएको छ । शिवपुरी–४ सिक्रेमा वडाध्यक्षमा झमक गुरुङसहित कांग्रेसबाट तीन सदस्य विजयी भएका छन् ।

यस्तै, नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका मेघाङ–१ मा दलसिंह तामाङ, बेलकोटगढी नगरपालिका–१ मा सुब्बा तामाङ, बेलकोटगढी–२ मा रमेशकुमार न्यौपाने, विदुर नगरपालिका–१ मा लेनिन रञ्जित, ककनी गाउँपालिका–१ मा चन्द्रबहादुर श्रेष्ठ, तार्केश्वर–५ मा चुडामणिप्रसाद गजुरेल र किस्पाङ गाउँपालिका–४ मा एकराज घले विजयी भएका छन् ।

यस्तै, लिखु गाउँपालिका–२ मा भीमबहादुर घलेको प्यानल नै विजयी भएको छ ।

यस्तै, नेकपा माओवादी केन्द्रका तर्फमा किस्पाङ–१ मा आइतबहादुर घले, तादी–२ मा बच्चुराम तामाङ, सूर्यगढी–१ मा इमानसिंह तामाङ, पञ्चकन्या–१ मा मणिनाथ लामिछाने र दुप्चेश्वर–२ मा दावा तामाङ विजयी भएका छन् ।

नुवाकोटमा १२ स्थानी तयहमा ८८ ओटा वडा रहेका छन् । रासस

Skip This