
बुधबार (हिजो) टाउको दुखेर मुम्बईस्थित बेन धीरुभाइ अम्बानी अस्पतालमा भर्ना गरिएकी रीमालाई रातको एक बजे अस्पतालले मृत घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ ।
हिन्दीफिल्म तथा मराठी रंगमञ्चमा सफल आमाको भूमिका निभाएकी रीमालाई भारतीय चलचित्रमा सबैले हँसिली आमाकोरुपमा चिन्छन् ।
टेलिभिजन कार्यक्रममासमेत उनले लोकप्रिय कलाकारकोरुपमा ख्याती कमाएकी थिइन् ।
श्याम बेनेगल निर्देशित फिल्म ‘कलयुग’बाट उनले फिल्मीयात्रा सुरु गरेकी थिइन् ।
रीमाले ‘मैने प्यार किया’, ‘आशिकी’, ‘साजन’, ‘हम आपके है कौन’, ‘वास्तव’ ‘हम साथ–साथ है’जस्ता सफल बलिउड चलचित्रबाट ख्याती कमाएकी थिइन् ।
भारतीय फिल्म क्षेत्रमा उनलाई ‘मदर इन्डिया’ फिल्मकी नायिका नरगिससँग दाँजेर हेरिन्थ्यो ।
सन् १९९० मा म्यूजिकल रोमान्टिक फिल्म ‘मैने प्यार किया’बाट उनी उत्कृष्ट सहनायिकाकोरुपमा फिल्मफेयर अवार्डमा नोमिनेसनमा परेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्