काठमाडौं । सञ्चारकर्मी एवम् मोडल पवन भट्टराईलाई ‘भ्यालेन्टाईन फिभर’ ले छोएको छ । पवनसँग भ्यालेन्टाइन मुडमा अभिलासा शर्मा फोटोसुटमा मजाले खुलेकी छिन् ।
विभिन्न म्यूजिक भिडियो हुँदै फिचर फिल्ममा हात हालेका पवन र चल्तीकी मोडल अभिलाषाले प्रणय अर्थात भ्यालेन्टाइन मुडमा फोटोसुट गर्दै यस दिनलाई सभ्य र शिष्ट रुपमा मनाउन सन्देश दिएका छन् ।
विशेषगरी सहरका युवा पुस्ता १४ फ्रेब्रुअरी अर्थात ‘भ्यालेन्टाइन–डे’ मा एक–आपसमा माया साटासाट गर्दै मनाउने गर्छन । यसैबीच मोडलद्वय पवन र अभिलासा जोडी पनि भ्यालेनटाईन डेमा प्रेमिल बनेको छ । यद्यपी, उनीहरुको तस्विरमा अश्लिलता भने देखिएको छैन ।
प्रतिक्रिया दिनुहोस्