१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


आमाको सम्झनामा तयार भयो मार्मिक गीत, आमा बनिन् सरिता (भिडियो)


0
Shares

गायक शिवोकोटीको शब्द, स्वर तथा संगीत रहेको गीत मार्फत उनले आफ्नी ममतामयी स्वं. माताको सम्झनाका अनेक रुपको वर्णन गरेका छन् ।

सार्वजनिक यस गीत केही समय अघि शिवाकोटीले निकालेको ‘ट्रिब्युट’ एल्बममा समावेश रहेको थियो । एल्बममा अन्य गीतहरुको भिडियो यसअघि नै बजारमा आईसकेका छन् ।

फणिन्द्र राईको संगीत संयोजन रहेको गीतमा किशोर थापाले रेर्कडिंग तथा ध्वनी मुद्रण गरेका हुन् ।

किरण चाम्लिगं राईले निर्देशन गरेको भिडियोमा नबिन बाबु गुरुङको छायांकन तथा प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् ।

जसमा रंग क्षेत्रकी अब्बल कलाकार सरिता गिरीले दमदार अभिनय गरेकी छिन् । आमाको भूमिकामा सशक्त अभिनय गरेकी सरितालाई सागर थापा र आरोग्य गिरीले अभिनयमा साथ दिएका छन् ।