
यसअघि जेरी चलचित्रको एउटा गीतमा मात्रै देखिएका नरेन ‘लाहुरे’ फिल्ममार्फत पहिलोपटक पूर्व मिस नेपाल श्रेष्ठसँग मुख्य कलाकारको रुपमा देखिन लागेका हुन् ।
सोमबार (हिजो) कमलादी गणेश मन्दिरमा ‘लाहुरे’ फिल्मको शुभ मुहुर्त गर्दै निर्देशक निगम क्षेष्ठले आगामी जेठ २१ गतेबाट उक्त चलचित्रको छाँयाकन गरिने बताए ।
चलचित्रमा बिदेशि कलाकार जेनेट मेरी ल्याटरसहित बिक्रम सिंह, मिरुना मगर र सैलेन्द्र मल्लको प्रमुख भूमिका रहने बताइएको छ ।
सुनिल रावल, ईश्वर श्रेष्ठ, शुभाश लामिछानेले संयुक्त रुपमा निर्माण गर्न लागेको लाहुरे फिल्ममा जेसन कुँवरले संगीत, अस्ट महर्जनले द्वन्द निर्देशन र आलोक शुक्लाले छायाँकल गर्नेछन् ।
उक्त चलचित्रको छायाँकन काठमाडौं, पोखरा र दार्जिलिङमा गरिने क्षेष्ठले जानकारी दिए ।
दुर्गिश फिल्म्सको ब्यानरमा बन्न लागेको पाँचौ चलचित्र ‘लाहुरे’को शुभ मुहुर्त कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, बितरक गोबिन्द शाही, निर्माता निर्देशक सोभित बस्नेत लगायतले चलचित्रको सफलताको शुभकामना दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्