Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


राजधानीमा हैजा संक्रमण


0
Shares

स्थानीय सुभाष पोलीक्लिनिकले एक व्यक्तिको दिसाको नमूना परीक्षण प्रतिवेदनमा हैजा देखिएको जनाएको हो ।

स्वास्थ्य मन्त्रालय इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका डा. गुणनिधि शर्माले ती व्यक्तिको कल्चर प्रतिवेदनमा हैजा देखिएको बताए । ‘यो घटनासँगै हामी हैजाबारे सचेत छौं,’ डा. शर्माले भने, ‘निजी प्रयोगशालाको प्रतिवेदनलाई हामीले नमूना उपलब्ध नभएकाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) को माध्यमले पुनः प्रमाणित गर्न सकेनौं ।’

डा. शर्माका अनुसार १९९० को महाभूकम्प यता राजधानीमा बर्सेनि हैजा देखिने गरेको छ । उपत्यकामा बर्सेनि करिब यसै समय हैजा देखिएर भदौसम्म संक्रमण रहन्छ । -कान्तिपुर दैनिकबाट