Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


‘भौगर्भिक अध्ययन विना नै सडक स्तरोन्नतिका कारण पहिरोको जोखिम’


0
Shares

काठमाडौं, असार २० । स्तरोन्नतिका क्रममा विस्तृत भौगर्भिक अध्ययन नगराइँदा नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्नेक्रम बढेको भूगर्भविद्हरुले बताएका छन् ।

तीन वर्षअघि सडक स्तरोन्नति सुरु भएसँगै पहिरोको जोखिम बढेको हो ।

‘कति पहाड कटान गर्न मिल्छ भनेर भौगर्भिक अध्ययन गराएरमात्र स्तरोन्नति गर्नु पर्थ्यो, त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्र केन्द्रीय विभाग प्रमुख लालुप्रसाद पौडेलले भने, ‘इन्जिनियरहरुले मात्र डिजाइन गरे, विनाअध्ययन निर्माण थालिएकाले यो समस्या आएको हो ।’

उनले यो सडकमा अझै ५÷७ वर्ष पहिरोले दुःख दिने खतरा रहेको औंल्याए । –कान्तिपुर दैनिकबाट