
क्षेत्रीय निर्वाचन कार्यालय धनगढीकाअनुसार १३ स्थानीय तह रहेको कैलालीमा सबैभन्दा बढी धनगढी उपमहानगरपालिकाबाट १०० प्रतिनिधि निर्वाचित हुन लागेका हुन् ।
यसैगरी, टीकापुर नगरपालिका र भजनी नगरपालिकाबाट ५०/५०, लम्कीचुहा नगरपालिकाबाट ५५, गोदावरी नगरबाट ६५, गौरीगंगा नगरबाट ६० र घोडाघोडी नगरपालिकाबाट ६५ जना प्रतिनिधि निर्वाचित हुन लागेका छन् ।
त्यस्तै, कैलारी र जानकी गाउँपालिकाबाट ४९/४९ जना, चुरे र बर्दगोरिया गाउँपालिकाबाट ३४/३४ जना, जोशीपुर र मोहन्याल गाउँपालिकाबाट ३९/३९ जना जनप्रतिनिधि निर्वाचित हुन लागेका छन् ।
प्रत्येक नगरपालिका र गाउँपालिबाट एक/एकजना प्रमुख तथा उपप्रमुख, प्रत्येक वडाबाट एक वडाध्यक्ष र कम्तीमा दुई महिला सदस्यसहित पाँचजना सदस्य निर्वाचित हुन लागेकामा निर्वाचनपश्चात हुने गाउँसभा र नगरसभाले थप जनप्रतिनिधि चुन्नुपर्ने व्यवस्था रहेको छ ।
यो निर्वाचनमा पहिलोपटक ठूलो संख्यामा महिला जनप्रतिनिधि निर्वाचित हुन लागेका छन् ।
कैलालीमा कुल मतदाता संख्या चार लाख तीन हजार २८० रहेकामा पुरुषकोभन्दा महिला मतदाता संख्या सात हजार ४९९ बढी छ ।
कैलालीको धनगढी उपमहानगरमा ७६ हजार ४३०, टीकापुर नगरपालिकामा ३९ हजार १९२, भजनी नगरपालिकामा २६ हजार ९५२, लम्कीचुहा नगरपालिकामा ३९ हजार २३५, गोदावरी नगरमा ४१ हजार ८२९ र घोडाघोडी नगरपालिकामा ३९ हजार ६८१ मतदाता छन् ।
यस्तै, कैलारी गाउँपालिकामा २९ हजार ९९६, चुरे गाउँपालिकामा ९ हजार ७४६, जानकी गाउँपालिकामा २७ हजार ४५८, जोशीपुर गाउँपालिकामा १९ हजार ३६५ बर्दगोरिया गाउँपालिकामा १५ हजार ७०० र माहन्याल गाउँपालिकामा ९ हजार २१७ मतदाता छन् ।
तेस्रोलिंगी मतदाता
कैलालीको भजनी र लम्की चुहा नगरपालिकामा एक/एक, धनगढी उपमहानगरमा तीन र कैलारी गाउँपालिकामा दुईसमेत जम्मा सातजना तेस्रोलिंगी मतदाता रहेका छन् ।
मतदानस्थल
असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि कैलालीमा २३१ मतदानस्थल र ४९० मतदान केन्द्र स्थापना गरिएको छ ।
यीमध्ये धनगढी उपमहानगरमा ३३, टीकापुर नपा १६, भजनी र लम्कीचुहा नपामा १८/१८, गोदावरी नपामा २२ तथा घोडाघोडी र गौरीगंगामा नपामा १७/१७ मतदानस्थलको व्यवस्था गरिएको छ ।
यस्तै, कैलाली र जानकी गाउँपालिकामा २०/२०, चुरे र जोशीपुर गाउँपालिकामा १३/१३, मोहन्याल गाउँपालिकामा १४ र बर्दगोरियामा १० मतदानस्थलको व्यवस्था गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्