३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


ओलीले हेरे ‘रातो घर’


0
Shares

ओलीसहित एमाले नेताहरु भीम रावल, सुवासचन्द्र नेम्वाङले बिहीबार बिग मुभिज पुगेर अघिल्लो साताबाट प्रदर्शनमा आएको रातो घर हेरेका हुन् ।

झापामा घट्ने आपराधिक क्रियाकलापलाई चलचित्रमा देखाइएको छ । युवाहरु आपराधिक क्रियाकलापमा फस्ने कारण र त्यसको परिणामलाई निर्देशक सुरज सुब्बा नाल्बोले चलचित्रमा देखाउने प्रयास गरेका छन् ।

चलचित्र हेर्न नेताहरुसँगै निर्माता छविराज ओझा, निर्मल शर्मा, गायक रामकृष्ण ढकाल पनि बिग मुभिज पुगेका थिए ।

विल्सन विक्रम राईको निर्माण तथा मुख्य भूमिका रहेको चलचित्रमा संयम पुरी, विकेश श्रेष्ठ, गौरव पहाडी, अनुरागमान सिंह कुँवर, मेनुका प्रधान, भानुप्रतापलगायतको अभिनय रहेको छ ।

चलचित्र जेठ १९ देखि प्रदर्शन भइरहेको छ ।