
विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।
रिक्सादेखि ठूला सवारी–साधनमा चुनाव चिह्न अंकित झन्डा राखेर उनीहरुले स्थानीय तह निर्वाचनको तयारीलाई तीव्र पारेका हुन् ।
उम्मेदवारहरुले आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका छन् भने कार्यकर्ताहरु प्रचार–प्रसारमा सक्रिय भएका छन् ।
आगामी असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनबाट दाङमा ५४३ जनप्रतिनिधि चुनिँदैछन् ।
दाङमा २ उपमहानगरपालिका, १ नगरपालिका र ७ गाउँपालिका गरी १० स्थानीय तह छन् ।
दाङमा २ लाख ९१ हजार ८ सय मतदाता छन् भने १५१ मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्