
सुरक्षा व्यवस्था चुस्त र कडा पारिएकाले परासी क्षेत्रमा हुने निर्वाचनमा ढुक्क भएर सहभागी हुन पनि सुरक्षा समितिले मतदाताहरुलाई आग्रह गरेको छ ।
निर्वाचनका लागि परासी क्षेत्रमा खटिन लागेका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि दिइएको दुईदिने प्रशिक्षण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले राजपाको आन्दोलनले चुनावमा कुनै प्रभाव नपर्ने भन्दै ढुक्क भएर मतदान कार्यक्रममा सहभागी हुन आग्रह गरे । उनले सुरक्षा व्यवस्था कडा पारिएको दाबीसमेत गरे ।
राजपाको आन्दोलनमा सीके राउत र पहिचान नभएका केही भूमिगत संगठनहरुले सघाउनसक्ने आशंका सुरक्षा समितिको छ ।
परासी क्षेत्रका ७ स्थानीय तहमा २४० मतदान केन्द्र र १२० मतदानस्थल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्