१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


तीनवटा प्रदेशमा १४ गते नै निर्वाचन, दुई नम्बरमा तेस्रो चरणमा गर्ने सहमति


0
Shares

दुई नम्बर प्रदेशमा भने अब असार १४ गते निर्वाचन नहुने भएको छ । अर्को मिति भने तोकिएको छैन ।

असार १४ गते निर्वाचन हुने तीन वटा १, ५ र ७ प्रदेशमा भोलि हुने मनोनयन पनि दुई दिन पर सारिने भएको छ । यसबारे भने निर्वाचन आयोगसँग छलफल गरेर मात्र तय गरिने जनाइएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सत्तारुढ दलका शीर्ष नेता र राजपाका नेताहरुको बैठकले यो निर्णय गरेको हो ।

संविधान संशोधनको माग गर्दै आएको राजपाका केही माग सम्बोधन गराउन सत्तारुढ दलका नेताहरुले छलफल गरेका हुन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता सहभागी थिए ।

बैठकमा राजपाका अध्यक्ष महन्थ ठाकुर, शरतसिंह भण्डारी, महेन्द्र यादवलगायतका नेता सहभागी थिए ।