
मुख्य निर्वाचन अधिकृतको कार्यालयको आयोजनामा विराटनगरमा भएको सर्वदलीय छलफलले निर्वाचनकाक्रममा आउनसक्ने समस्या र त्यसको समाधान गर्दै व्यवस्थित बनाउन संयन्त्र गठन भएको हो ।
संयन्त्रमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम नेपालसहित १३ दलका प्रतिनिधि छन् ।
निर्वाचनकाक्रममा जिल्लामा रहेका ३०० मतदान केन्द्र र ६०० भन्दा बढी मतदानस्थलमा समस्या आएमा त्यसलाई तत्काल समाधान गर्न संयन्त्रले काम गर्नेछ ।
संयन्त्रले मतदान प्रक्रियालाई व्यवस्थित गर्न निर्वाचन कार्यालयसँग समन्वय पनि गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्