२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


देउवाकै गृहजिल्लामा असन्तुष्ट कांग्रेसको दिनहुँ प्रदर्शन (भिडियो)


0
Shares

जिल्लामा भएको विरोधलाई बेवास्ता गर्दा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकै जिल्लामा आसन्न निर्वाचन परिणाममा असर पर्ने देखिँदैछ ।

यही असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस डडेल्धुराको तर्फबाट सम्भावित लोकप्रिय उम्मेदवारलाई टिकट नदिईएको भन्दै हातमा कालो पट्टी बाँधेर मौन जुलुस, प्लेकार्ड जुलुस लगायतका विरोधका कार्यक्रम गर्दै निर्णय सच्याईनुपर्ने माग राखेका छन् ।

दुई महिनासम्म उम्मेदवारको टुंगो नलगाई एक्कासी मनोमानी ढंगले टिकट वितरण गरिएको व्यक्तिवादी प्रबृतिका विरोधमा नेपाली कांग्रेस डडेल्धुरा अमरगढी नगर समितिका सभापति दानबहादुर पालको अगुवाईमा प्रदर्शन भएको हो ।

उम्मेदवार छनौट प्रक्रियाका लागि जिल्लाको विभिन्न तहबाट सिफारिस गरिएको मापदण्डलाई लत्याउँदै केन्द्रीय नेतृत्वले आफूखुशी निर्णय गरेकोले नगर तथा गाउँपालिकाका मतदाताहरुको चाहना विपरीत भएको ठहर अमरगढी नगरपालिकाका पहिलो तथा पूर्व मेयर मोहनराज पाठकको छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस् ।