
क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा तालाबन्दी गर्न गएका राजपाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
नाराबाजीसहित निर्वाचन कार्यालय पुगेका राजपा कार्यकर्ताले मुलगेटमा तालाबन्दीको प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
प्रहरीले राजपाका मोरङ संयोजक मोहम्मद कादिरसहित १४ जना स्थानीय नेता, कार्यकर्तालाई पक्राउ गरेको हो ।
उता, सुनसरीको इनरुवाबाट पनि निर्वाचनविरोधी गतिविधि गरिरहेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका १२ जना कार्यकर्तालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
सुनसरी राजपाका अध्यक्ष सीएन पाठक, आन्दोलन संयोजक रघुनाथ मेहतालगायतलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत् मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्