Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


एसइइपछि के पढ्न कति जीपीए चाहिने ?


0
Shares

अनिबार्य नेपालीमा भने ग्रेड डी मात्रै । ‘उनी पढेको स्कुलले साइन्स पढ्न योग्य ठानेर पठाएको रहेछ,’फ्लोरिडा कलेजका प्रिन्सिपल शिशिर उप्रेतीले भने, कुन समूह अध्ययन गर्न कति जीपीए र विषयगत ग्रेड कति हुनुपर्ने भन्नेबारे शिक्षा मन्त्रालयले आधार सार्बजनिक नगर्दा विद्यार्थी मात्रै होइन, हामी पनि अन्यौलमा छौं ।’

जीपीएका आधारमा विज्ञान पढ्न २.० जीपीए ल्याए हुन्छ, तर विषयगत आधारमा नेपाली डि प्लस ल्याउनै पर्छ । उनको नेपालीमा डी प्लस नहुँदा विज्ञान पढ्न योग्य भएनन् ।

यदि ग्रेड बृद्धि परीक्षामा उनले नेपालीमा डी प्लस ल्याए भने मात्रै विज्ञान पढ्न पाउने छन् ।

कोटेश्वरको हिमालय कलेजका प्रिन्सिपल रामहरी शिलवालले विद्यार्थी भर्नाका लागि आए पनि कुन विषयमा कति ग्रेड र जीपीए आएकालाई भर्ना लिने अन्योल रहेको बताए ।

–विज्ञान समूह अध्ययन गर्न २.० जीपीए साथै गणित र विज्ञानमा सी प्लस, नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस चाहिने ।
–व्यवस्थापन समूह अध्ययन गर्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, गणित र सामाजिकमा डी प्लस आएको हुनुपर्ने ।
–मानविकी, शिक्षा समूह पढ्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, सामाजिकमा डी प्लस आवश्यक
–प्रविधिको स्वास्थ्यका लागि २.० जीपीएका साथै अंग्रेजी, गणित र विज्ञानमा सी प्लस ।
–इन्जिनियरिङ पढ्न गणित र विज्ञानमा सी प्लस ल्याउनु पर्ने ।
–कृषि पढ्न अंग्रेजी, गणित, विज्ञानमध्ये एउटामा डी प्लस ल्याए पुग्ने ।
कान्तिपुर दैनिकबाट