अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति र नेपाल–चीन सम्बन्धलगायतका विषयमा छलफल भएको थियो ।
भेटमा राजदूत होङले अध्यक्ष दाहालको प्रधानमन्त्रीत्वकालमा नेपाल र चीनबीचको सम्बन्ध थप बलियो बनेकोमा खुसी व्यक्त गरिन् । उनले दाहालको १० महिने प्रधानमन्त्रीत्वकाल अत्यन्तै सफल र वैदेशिक मामिलामा सन्तुलित भएको भन्दै वैदेशिक सम्बन्ध र आर्थिक विकासका क्षेत्रमा नेपालले हासिल गरेको सफलताप्रति खुसी व्यक्त गरिन् ।
त्यस क्रममा अध्यक्ष दाहालले आफू प्रधानमन्त्री भएका बेला दुई छिमेकी मुलुकबीचको सम्बन्धलाई हार्दिक र सन्तुलित बनाउन सफल भएको बताएका थिए ।





प्रतिक्रिया दिनुहोस्