Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


छिनाङ भोटेको हत्याको सत्यतथ्य छानबिन गर्न माओवादीको माग


0
Shares

प्रवक्ता पम्फा भुसालले सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी भोटखोला गाउँ समिति सदस्य तथा वडा नम्बर–२ का पार्टीका तर्फबाट वडाध्यक्षका उम्मेदवार छिनाङ भोटेको उम्मेदवारी दर्ता गर्न जाने प्रक्रियामा बाटोमा कुटपिट गरी हत्या गरिएकामा आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेकी छन् ।

माओवादीले वडाध्यक्षका उम्मेदवार भोटेको हत्या नेकपा एमालेका कार्यकर्ताले गरेको आरोप लगाएको छ ।

प्रवक्ता भुसालले घटनाको भर्त्सना गर्दै हत्याराको अविलम्ब खोजी गरी कडा कारबाहीका लागि सरकारसँग माग गरेकी छन् ।

प्रवक्ता भुसालले निर्वाचनको प्रक्रियामा उम्मेदवार तथा मतदाताको पूर्णसुरक्षाको वातावरण सुनिश्चित गर्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छन् । रासस