Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


विराटनगरलाई पाँच वर्षभित्र ‘मेगा सिटी’ बनाउने एमालेको प्रतिबद्धता


0
Shares

सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा गरी विराटनगरको ऐतिहासिक पक्षलाई जोगाउँदै औद्योगिकरुपमा समृद्ध सहर बनाउने दाबी गरिएको छ ।

‘आमजनताको रहर नेकपा एमालेको नेतृत्वमा बन्नेछ सुन्दर बृहत् विराटनगर’ भन्ने नारासहित जारी गरिएको प्रतिबद्धतापत्र एमालेका मेयर उम्मेदवार विनोद ढकालसहितले सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धतापत्रमा विराटनगरलाई पाँच वर्षभित्र ‘मेगा सिटी’ बनाउने र १० वर्षभित्र देशकै नमुना महानगर बनाउने लक्ष्य प्रस्तुत् गरिएको छ ।