Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


म प्रधानमन्त्री बनेपछि कांग्रेसको पक्षमा व्यापक जनलहर आएको छ : देउवा


0
Shares

यही असार १४ गते हुने स्थानीय तह निर्वाचनको प्रचारका लागि गृहजिल्ला डडेल्धुरा जानेक्रममा शुक्रबार धनगढी विमानस्थलमा सन्चारकर्मीसँग उनले आफू प्रधानमन्त्री भएसँगै मुलुकमा कांग्रेसको पक्षमा व्यापक जनलहर आएको भन्दै सबैभन्दा बढी स्थानीय तहमा जित हासिल गर्ने दाबी गरे ।

सुदूरपश्चिमका दुई ठूला जलविद्युत् परियोजनाले आफ्नै कार्यकालमा गति लिने उनको भनाइ थियो ।

पश्चिम सेती र पञ्चेश्वर जलविद्युत् परियोजनाको कामलाई तीव्रताकासाथ अघि बढाइने प्रधानमन्त्री देउवाले बताए ।

उनले शुक्रबारै कैलालीको धनगढी उपमहानगरपालिकास्थित क्याम्पसरोड र फूलबारीमा आयोजित चुनावीसभालाई पनि सम्बोधन गरेका छन् ।