
नायिका श्रेष्ठले गीतकार नृपेश उप्रेतीको गीत यस्तो मायामा पवन शर्मासंग गरेको आग्रहलाई जिवन्त शैलीले भिडियोमा कैद गरेका छन् रंग पत्रकार तथा निर्देशक सुब्रत आचार्यले ।
चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको यस गीतमा युवा पुस्तामा अत्याधिक रुचाइएका फिरोज बस्नेत र दुर्गा खरेलको आवाज रहेको छ ।
लामो समयपछि भिडियोमा देखिएकी नम्रताले यो गीतमा नै अभिनय गर्नुको पछाडिको कारण बताउँदै भनिन् ‘यो गीत यति मन पर्यो कि नाइ भन्नै सकिन, ।’
उनले भनिन,‘यो गीतको शब्द संगीत र गायनमा झल्किने माया प्रेम समर्पण र रोमान्सले मलाई असाध्य छोयो ।
मैले मेरो होम प्रोडक्सनको चलचित्र पर्वको प्रमोसन बिचैमा छोडेर यो गीतमा काम गरेकी हु।’
प्रतिक्रिया दिनुहोस्