नेपाल प्रेस युनियन कञ्चनपुरले आज महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयन गर्न स्थानीय, प्रदेश र संघीय संसदको चुनाव गर्नुको विकल्प नभएको बताएका हुन् ।
उनले निर्वाचनको वातावरण बनाउने काममा सहयोग गर्न सञ्चारजगतलाई आग्रह गरे ।
प्रधानमन्त्री देउवाले संविधान संशोधन गरेर राजपालाई चुनावमा सहभागी गराउने प्रयास भइरहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि परामर्श भइरहेको जानकारी दिए ।
उनले स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि राजपाले उठाउँदै आएका मागमा छलफल गरी सधैंका लागि विवाद टुंगो लगाउने दाबीसमेत गरे ।





प्रतिक्रिया दिनुहोस्