
प्रसिद्ध स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजालका छोरा कपिलले गायक-गायिका शर्मिला बर्देवा र सपनकुमार राईले गाएको गीतको भिडियो निर्देशन गरे लगत्तै राम्रो चर्चा पाइरहेका छन् ।
बेलायतको ग्रामीण भेग कन्ट्री साइड वरपरका रमणीय स्थानमा छायांकन गरिएको भिडियोले किशोरावस्थाको प्रेमी जोडीले देखाउने गहिरो प्रेमाभावलाई नजिकबाट देखाएका छन् ।
जसमा अन्जु बस्नेत र टंक धमलाको धमाकेदार रोमान्सलाई देख्न सकिन्छ ।
मिडियाकर्मी कुशल श्रेष्ठको छायांकन तथा सम्पादन रहेको भिडियो निकै नै स्तरीय बनेको छ ।
किरण कँडेलको एरेन्ज रहेको गीतमा संगीतकार शेखर सन्तोषले समधुर संगीत भरेका छन् ।
प्रतिक्रिया दिनुहोस्