फाइल फोटो
झापाको भद्रपुरमा शनिबार अगुवा कार्यकर्तासँगको भेटघाटमा उनले जनलहर कांग्रेसको पक्षमा देखिएकाले कांग्रेस पहिलो शक्ति बन्ने दाबी गरे ।
नेता सिटौलाले ‘मुलुकको आर्थिक समृद्धि कांग्रेसलेमात्र गर्नसक्छ भन्ने जनताले बुझेका छन्, त्यसैले कांग्रेस पक्षमा जनलहर बढेको छ’ भन्दै ‘कांग्रेसका विरोधीले घात–प्रतिघातको हल्ला मच्चाएका छन्, यसको पछाडि नदौडनोस्, पार्टीका उम्मेदवारलाई विजयी गराउन सबै एक्ताबद्ध भएर लाग्नोस्’–भने ।
आफूलाई योद्धा बताउने तर हराउन पर्दा पछाडि भूमिका खेल्ने कांग्रेस नभएर अन्य दलका एजेन्ट भएको उल्लेख गर्दै उनले भने–‘निर्वाचनमा पार्टी हराएर विपक्षी जिताउने खेलमा लाग्नु दूर्भाग्यपूण छ ।’
सिटौलाले भने–‘सबै कार्यकर्ता एकढिक्का हुनोस्, जित सुनिश्चित छ ।’
यसैबीच, दोस्रो चरणअन्तर्गत् स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस भद्रपुर नगरसमितिले घरदैलो अभियान सम्पन्न गरेको छ ।
असार १४ गते हुने चुनावका लागि दुई महिना अघिदेखि सन्चालित उक्त अभियान शनिबार भद्रपुरमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो ।
नगरको १० ओटै वडामा घरदैलो अभियानअन्तर्गत् प्रचार–प्रसार कार्यक्रमलाई समापन गरिएको नगर उपसभापति ज्ञानबहादुर चौहानले जानकारी दिए ।
कार्यक्रममा नगर प्रमुखका उम्मेदवार गणेश पोखरेल, उपप्रमुख तारा भुर्तेल, वडाध्यक्षका उम्मेदवारले आ–आफ्नो प्रतिबद्धता जाहेर गरेका थिए । त्यस्तै, पार्टीले नगरमा र्यालीसमेत आयोजना गरेको छ ।
यता, कांग्रेस नगरसमितिले चुनावलक्षित नयाँ रणनीतिक कार्यलाई तीव्रता दिने उपसभापति चौहानले जानकारी दिए ।
शनिबारै कांग्रेसले नगरको १० ओटै वडामा मतदाता प्रतिनिधि र स्वयंसेवकलाई प्रशिक्षण प्रदान गरेको छ । रासस





प्रतिक्रिया दिनुहोस्