नेपालमा वैदेशिक हस्तक्षेप बढेको भन्दै ओलीले प्रतिक्रियावादीहरुलाई सचेत हुनसमेत आग्रह गरे ।
एमाले इटहरी उपमहानगरपालिकाको चुनावीसभालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमान रक्षाको आन्दोलन एकीकृतरुपमा चलाउनुपर्ने बताए ।
उनले पहिलो चरणको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी भोट एमालेलाई दिएकोमा जनतालाई धन्यवाद दिँदै उनले दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरे ।
अध्यक्ष ओलीले पहिलो चरणको निर्वाचनमा बुथकब्जा र धाँधली भएको आरोप लगाउँदै भने–‘ललितपुरमा त्यस्तै भयो, भरतपुर महानगरपालिकामा त जित्न लाग्दा मतपत्र च्यातेर धाँधली गरियो तर जसो गरेपनि एमालेलाई जनताले जिताएर छाड्छन् ।’
थारु, मधेस, मुस्लिम, अल्पसंख्यकको सम्बन्धमा एमालेलाई लिएर भ्रम फिँजाइएको ओलीको भनाइ छ ।
‘हुलाकी राजमार्ग आफैं बनाउन ठेक्का लगाइदिएको एमाले मधेसविरोधी भयो ? २० हजार घर बनाएर दिनेभन्दा एमाले मधेसविरोधी भयो ? १० ओटा आधुनिक सहर बनाउँछुभन्दा एमाले मधेसविरोधी भयो ?’ उनले प्रश्न गरे ।
आफ्नै प्रधानमन्त्रीत्वकालमा जोगबनी–किमाथांका सडक विस्तारको योजना बनाएको बताउँदै उनले सो सडक बनेपछि धरान र इटहरीको विकास हुने बताए ।





प्रतिक्रिया दिनुहोस्