Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


मेलिना मोक्तानलाई ‘मिसेस मंगोल नेपाल २०१७’ को ताज


0
Shares

राष्ट्रिय नाचघरमा आयोजना भएको यो बर्षको ‘मिसेस मंगोल नेपाल’मा उनले अन्य १६ जना प्रतिस्पर्धीलाई पछी पार्दै उपाधी हात पारिन् ।

त्यस्तै “मिसेस मंगोल नेपाल २०१७ को फस्ट रनरअप सम्झना राई, सेकेन्ड रनरअप रन्जना राना मगर, थर्ड रनरअप चादनी श्रेष्ठ घोषित भईन ।

बिबाहित नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउनबाट डराईरहेका महिलाहरु तथा अबसरबाट बन्चित महिलाहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मन्चमा प्रतिस्पर्धा गराउने उदेश्यले आयोजना गरिएको प्रतियोगिताको अन्य टाइटलहरुमा बेस्ट ट्यालेन्ट लक्ष्मी शाही, बेस्ट फोटोजेनिक सरु श्रेष्ठ, बेस्ट डिसिप्लिनमा स्‍मृति बज्रचार्य, बेस्ट स्माईलमा बर्षा राई खड्गी, बेस्ट पर्सानालिटीमा सम्झना राइ, बेस्ट हेयरमा सितल पुन, बेस्ट कम्प्लेक्सनमा रन्जना राना मगर, मस्ट कन्फिडेन्समा सरिता राई, मस्ट स्टाईलिस्टमा सेन्सी राई , मस्ट एक्टिभमा चादनी श्रेष्ठ, मस्ट स्मार्टमा राधिका श्रेष्ठ, मस्ट चार्मिङमा सुनिता राना मगर, मस्ट ईन्टिलिजेन्टमा मेलिना मोक्तान, बेस्ट ड्रेस्समा सम्झना राई, मस्ट पपुलरमा रन्जना राना मगर र मिसेस पब्लिक चईसमा टाईटल बिजेता मेलिना मोक्तान ले हात पारेका थिए ।

कार्यक्रमको प्रमुख निर्णायकमा नायक रमेश उप्रेती , संचारकर्मी करुणा भट्टराई, संचारकर्मी कला सुब्बा, नायिका जेनी कुँवर र मिस नेपाल २०१४ बिजेता सुबिन लिम्बु रहेका थिए ।

प्रतियोगितालाई बिभिन्न ढंगबाट सहयोग गर्नेहरुलाई एमाजोन इन्टरटेन्मेन्टका निर्देशक कमल खतिवडाले मायाको चिनो प्रदान गरेका थिए भने कार्यक्रमलाई कोरियोग्राफी भने मोडेल हिमानी सुब्बाले गरेकी थिईन ।