Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


संविधान संशोधन नभए पनि तेस्रो चरणको निर्वाचनमा राजपा आउँछ : एमाले नेता नेपाल


0
Shares

उनले संविधान संशोधन सम्भव नभएको अवस्थामा पनि राजपाले स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउने दाबी गरे ।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले लोकतन्त्रको आधारशीला निर्वाचन भएकाले निर्वाचनलाई उपयोग गरेर जनताको विश्वास जित्दै आफ्नो एजेण्डा स्थापित गराउन राजपालाई सुझाव दिए । तीनै चरणको निर्वाचनपछि तीन दल र राजपाबीच छलफल गरी संविधान संशोधन गर्न सकिने उनको भनाइ थियो ।

आइतबार नै सुनसरीको धरानमा आयोजित सभामा नेता नेपालले कांग्रेस र माओवादीका कारण देशमा संकट उत्पन्न भएको बताए । उनले दुई नम्बर प्रदेशको निर्वाचन सारेर सरकारले मधेशी जनताको भावनासँग खेलवाड गरेको आरोप पनि लगाए ।