सोमबार राजधानीमा आयोजित साक्षात्कारमा उनले पहिलो चरणको कमी–कमजोरी केलाउँदै सुरक्षा अवस्था मजबुत् बनाएको जिकिर गरे ।
मतदान केन्द्रको सुरक्षामा पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी राखिएको र दोस्रो घेरामा सशस्त्र प्रहरी रहने तथा आवश्यकताअनुसार सेना पनि तयारी अवस्थामा रहने उनको भनाइ थियो ।
दोस्रो चरणको स्थानीय तह निर्वाचन नेत्रविक्रम चन्द माओवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पनि धेरै स्थानमा सहभागी भएको मन्त्री शर्माको दाबी थियो ।





प्रतिक्रिया दिनुहोस्