एमाले जिल्ला निर्वाचन परिचालनको सोमबार बसेको बैठकले अनुशासन उल्लंघन गरी विभिन्न ठाउँमा स्वतन्त्र र अन्य दलबाट उम्मेदवार बनेको आरोप लगाउँदै उनीहरुलाई पार्टीको साधारण सदस्यताबाटसमेत निष्काशन गरेको हो ।
पार्टीको कारबाहीमा परेकामा दमक–३ का तेजस्वी थेवे, बिर्तामोड–५ का देवराज तामाङ र भोला तामाङ, बिर्तामोड–८ का कृष्ण श्रेष्ठ र बिर्तामोड–४ का दीपक मिश्र छन् ।
हल्दीबारी–३ का टंक भट्टराई र हल्दीबारी–४ का राजकुमार राईलाईसमेत एमालेले कारबाही गरेको एमाले झापा जिल्ला प्रचार विभाग प्रमुख माधव विद्रोहीले बताए । रासस





प्रतिक्रिया दिनुहोस्