Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


चुनाव भइरहँदा सीमा फेरबदल लोकतन्त्रकै उपहास : ओली


0
Shares

मदन भण्डारी फाउन्डेसनले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ६६औं जन्मजयन्तीका अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा उनले सीमा फेरबदल र मत च्यात्ने कार्यले लोकतन्त्रको सुदृढीकरणमा बल नपुग्ने बताए ।

जनादेशको सम्मानका लागि निष्पक्ष चुनाव हुनुपर्नेमा जोड दिँँदै अध्यक्ष ओलीले जननेता भण्डारीद्वारा प्रतिपादित जनताको ‘बहुदलीय जनवाद’मा स्थानीय सरकार स्वायत्त र सुशासनयुक्त भएमामात्र जनताको आर्थिक–सामाजिक रुपान्तरण हुनसक्ने विचार समेटिएको बताए ।

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले भण्डारीको दूरदर्शीताको सराहना गर्दै ‘स्थानीय तहलाई जति धेरै अधिकार प्रत्यायोजन गर्न सकिन्छ, त्यति धेरै जनता सबल हुनेछन्’–भने ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्वायत्त स्थानीय तथा प्रदेशका संरचना सामाजिक न्याययुक्त समृद्ध नेपाल निर्माणको आधार भएको बताए ।

संघीय समाजवादी फोरमका प्रमुख सचेतक डा. शिवजी यादवले शक्ति केन्द्रकारुपमा जनतालाई स्थापित गर्न देशमा निर्वाचनको खाँचो रहेको बताए ।

नेपाल लोकतान्त्रिक फोरमका नेता जीतेन्द्र देवले मधेसमा रहेका समस्यालाई हल गर्न एमालेका नेता भण्डारीले गठन गरेको कार्यदलमा आफू सदस्य भइ काम गरेको स्मरण गर्दै मुलुकमा विकास र समृद्धि ल्याएरमात्र जननेता भण्डारीको सम्मान गर्न सकिने विचार व्यक्त गरे ।

फाउन्डेसनले धुर्मुस–सुन्तली फाउन्डेसनका संस्थापकद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेलाई यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । यो पुरस्कारको राशी रु एक लाख रहेको छ ।

फाउन्डेसनका अध्यक्ष उषाकिरण भण्डारीले मुलुकमा प्रजातान्त्रिक प्रणालीको स्थापनामा जननेता भण्डारीको योगदानको चर्चा गरेकी थिइन् । रासस