Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


देउवा र दाहालबीच मन्त्रिपरिषद विस्तारका विषयमा छलफल


0
Shares

                                                                              फाइल फोटो
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको भेटवार्ता सरकार सन्चालन र मन्त्रिपरिषद विस्तारलगायतका विषयमा नै केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री र अध्यक्ष दाहालबीच सत्ता समीकरण र सरकारका कामबारेसमेत छलफल भएको थियो ।

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच थप गृहकार्य गरेर छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने र सरकार सन्चालन एवं दुई पार्टीबीचको सम्बन्धलाई थप बलियो बनाउनेबारेमा कुराकानी भएको अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

अध्यक्ष दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच पहिलोपटक बालुवाटारमा छलफल भएको हो ।

यसअघिका छलफल अध्यक्ष दाहालको निवास लाजिम्पाटमा नै हुने गरेको थियो । रासस