३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


आदिवासी जनजाति चलचित्र महोत्सव शुरु


0
Shares

परम्परागत संस्कृति र सम्पदा जगेर्ना गर्ने उद्देश्यले भृकुटीमण्डपस्थित पर्यटन वोर्डमा शुरु भएको महोत्सव आगामी १९ गतेसम्म चल्ने छ ।

आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा भएको चलचित्र महोत्वमा चलचित्रकर्मी एवं आदिवासी जनजाति सहभागि छन् । कार्यक्रमको उद्घाटन गर्दै सभामुख ओनसरी घर्तिमगरले आम नागरिकमा मौलिक संस्कृतिको सन्देश प्रवाहमा आदिवासीसम्बन्धि चलचित्रले ठूलो टेवा दिने विश्वास व्यक्त गरिन् ।

सभामुख घर्तिमगरले नीतिगत समस्याका कारण आदिवासी चलचित्रको सोचेअनुरुप विकास हुन नसकेको उल्लेख गरिन् । चलचित्र प्रवद्र्धन एवं विकासका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता उनको थियो ।

२०४४ सालमा नेवारी भाषाको चलचित्र सिलु निर्माण भएयता झण्डै ५०० भन्दा बढी कथानक चलचित्र आदिवासी जनजातिसँग सम्बन्धित रहेको छ ।