
बेलायतको थर्ड आइ टिम र बक्स अफिस इन्टरनेसनल ग्रुपको संयुक्त आयोजनामा पहिलोपटक लन्डनमा नेपाली चलचित्र क्षेत्रमा सक्रिय निर्माता, वितरक, हल व्यवसायी, संगीतकर्मी, नायक–नायिका, प्राविधिक र अरु फिल्मकर्मीहरुको सहभागितामा अवार्ड भव्यरुपमा सम्पन्न भएको हो ।
विभिन्न २८ विधामा प्रदान गरिएको अवार्डमा चलचित्र ‘होमवर्क’बाट आर्यन सिग्देलले सर्वोत्कृष्ट नायकको अवार्ड जिते भने सर्वोत्कृष्ट नायिकाको अवार्ड ‘लभ साशा’बाट केकी अधिकारीले हात पारिन् ।
यस्तै, सर्वोत्कृष्ट चलचित्रको अवार्ड वीर विक्रमको पोल्टामा पर्दा सोही चलचित्रका मिलन चाम्स सर्वोत्कृष्ट निर्देशक चुनिए ।
अवार्ड समारोहमा नेपालबाट आएका करिश्मा मानन्धर, आर्यन सिग्देल, केकी अधिकारी , योगेश्वर अमात्य, अशिस्मा नकर्मी, वर्षा सिवाकोटी, सुर्बिना कार्की, अनुपविक्रम शाही, सलोन बस्नेत, कुशल थापा, नम्रता योगी, शर्मिला बर्देवा, सन्चारकर्मी सुमन खरेल, श्याम अर्याल र बेलायतमै बस्ने कलाकारहरुले दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए ।
बलिउडकी लोकप्रिय गायिका सञ्जिवनी र गायक आनन्द कार्कीको सुमुधुर संगीतले अवार्ड हल गुन्जयमान भएको थियो ।
विगत लामो समयदेखि बेलायतमा बस्ने बुद्धिजीवी, व्यापारी, समाजसेवी, नेपाली चलचित्र र कला–संस्कृतिलाई माया गर्ने दर्शकहरुको अवार्ड समारोहमा सहभागिता रहेको थियो ।
यी हुन् विजेता
१. सर्वोत्कृष्ट शृंगार – सरोज पान्डे (पुरानो डुंगा)
२. सर्वोत्कृष्ट कलानिर्देशक – आशिष दाहाल र कसम नेपाल (जंगे)
३. सर्वोत्कृष्ट भेषभूषा – उत्तम बनेपाली (के म तिम्रो होइन र)
४. सर्वोत्कृष्ट ध्वनि मिश्रण – सुनयमान श्रेष्ठ (छक्कापन्जा)
५. सर्वोत्कृष्ट पाश्र्वसंगीत – सैलेश श्रेष्ठ (गाजलु)
६. सर्वोत्कृष्ट कलर करेक्सन – राजेन्द्र मोक्तान (गाजलु)
७. सर्वोत्कृष्ट भीएफएक्स – अनन्त घिमिरे (द विइनर)
८. सर्वोत्कृष्ट खलनायक – अर्पण थापा (वीर विक्रम)
९. सर्वोत्कृष्ट हास्यकलाकार – केदार घिमिरे (छक्कापन्जा)
१०. सर्वोत्कृष्ट बालकलाकार – साइब्रत आचार्य (छायाँ)
११. सर्वोत्कृष्ट नृत्यनिर्देशक – बिक्रम स्वार (लूट २)
१२. सर्वोत्कृष्ट पटकथा – दीपकराज गिरी (छक्कापन्जा)
१३. सर्वोत्कृष्ट संवाद – दीपकराज गिरी (छक्कापन्जा)
१४. सर्वोत्कृष्ट कथा – लक्ष्मण सुवेदी (लालजोडी)
१५. सर्वोत्कृष्टसम्पादक – बिपीन मल्ल (छक्कापन्जा)
१६. सर्वोत्कृष्ट छायाँकार – रामकुमार केसी (वीर विक्रम)
१७. सर्वोत्कृष्ट द्वन्द्वनिर्देशक एनबी महर्जन (जय पर्शुराम)
१८. सर्वश्रेष्ठ चरित्र अभिनेता – गौरी मल्ल (गाजलु)
१९. सर्वोत्कृष्ट चरित्र अभिनेत्री – माओत्से गुरुङ
२०. सर्वोत्कृष्ट सह–नायक – सलोन बस्नेत
२१. सर्वोत्कृष्ट सहनायिका – दिया पुन (वीर विक्रम)
२२. सर्वोत्कृष्ट नवनायिका – दिया पुन
२३. सर्वोत्कृष्ट नवनायक – आर्यन अधिकारी (के म तिम्रो होइन र)
२४. सर्वोत्कृष्ट नायिका – केकी अधिकारी (लभ साशा)
२५. सर्वोत्कृष्ट नायक –आर्यन सिग्देल (होमवर्क)
२६. सर्वोत्कृष्ट नवनिर्देशक – नरेश केसी (डाइन्ड क्यानल)
२७. सर्वोत्कृष्ट निर्देशक – मिलन चाम्स (वीर विक्रम)
२८. सर्वोत्कृष्ट चलचित्र – वीर विक्रम
बेलायतबाट गरिएको संगीत अवार्ड
१. सर्वोत्कृष्ट गीतकार – शान्तिप्रिय (छक्कापन्जा)
२. सर्वोत्कृष्ट संगीत – राजनराज शिवाकोटी (छक्कापन्जा)
३. सर्वोत्कृष्ट गायिका – अन्जु पन्त (छक्कापन्जा)
४. सर्वोत्कृष्ट गायक – ताराप्रकाश लिम्बू (वीर विक्रम)
प्रतिक्रिया दिनुहोस्