
काठमाडौं, असार १९ । नेपाली चलचित्र क्षेत्र नयाँ धारमा स्थापित हुने प्रयासमा छ । खगेन्द्र लामिछाने चलचित्रलाई नयाँ धारमा अगाडी बढाइरहेका एक चर्चित कलाकार हुन् ।
रंगमन्च हुँदै ठूलो पर्दा छिरेका खगेन्द्र ‘टलकजंग भर्सेस टुल्के’ भन्दा पनि ‘पशुपति प्रसाद’ मा आइपुग्दा निकै चर्चित बन्न पुगे ।
नाटक लेखन हुँदै चलचित्रको कथा लेखन साथै अभिनयमा दख्खल मानिएका खगेन्द्रले विहे गर्न छोरी माग्न जाँदा केटीका बुबासँग छोरी माग्ने तरिकाबारेमा रमाइलो कुराकानी गर्न भ्याए ।
चलचित्रमा आफ्नो मौलिकपना हुनुपर्छ भन्ने धारणा राख्ने उनी अभिनय भन्दा पनि लेखनमा क्रियाशिल हुँदाहुँदै चलचित्र क्षेत्रमा हामफालेको अनुसभव साट्छन् ।
प्रतिक्रिया दिनुहोस्