Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


प्रमुख पदमा महिलाको उपस्थिति कमजोर


0
Shares

डडेल्धुराको भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेसबाट कौशिला भट्ट, झापाको कमल गाउँपालिकामा एमालेबाट मेनुका काफ्ले, डोटीको सिलगढी–दिपायल नगरपालिकामा एमालेबाट मञ्जु मुलासी र रुकुमको सिस्ने गाउँपालिकामा माओवादी केन्द्रबाट कुमारी बराल गरी जम्मा चारजना महिला प्रमुख पदमा निर्वाचित भएका छन् ।

उम्मेदवारी दिँदा प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला हुनुपर्ने व्यवस्था भएपनि दलहरुले अधिकांश ठाउँमा महिलाहरुलाई उपप्रमुखमै खुम्च्याएका छन् ।

असार १४ गते सम्पन्न ३३४ स्थानीय तहको निर्वाचनमा प्रमुख दलहरुले ३२ स्थानीय तहमा महिलालाई प्रमुखमा उठाएका थिए । महिलाको उम्मेदवारी संख्या नै न्यून मानिएको थियो ।

पहिलो चरणमा निर्वाचन भएका २८३ स्थानीय तहमध्ये १२ ओटा स्थानीय तहमा महिलाहरु प्रमुख पदमा निर्वाचित भएका थिए ।

तर, यसपटक निर्वाचन भएका स्थानीय तहको संख्या बढी हुँदाहुँदै पनि प्रमुख पदमा महिलाको उपस्थिति भने कमजोर बनेको छ ।

स्थानीय तहको निर्वाचनले महिला प्रतिनिधित्वको स्थितिमा व्यापक परिवर्तन त ल्याएको छ । तर, प्रमुख पदमा दलहरुले अझै महिलालाई विश्वास गर्न नसकेको स्थिति देखिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

Skip This