Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ : रावल


0
Shares

बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा उनले संविधान संशोधन प्रस्ताव राष्ट्र र जनताको हितमा नभएकाले फिर्ता लिइ सहमतिका आधारमा नयाँ प्रस्ताव ल्याउनुपर्ने बताए ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललगायतका दलहरुसँग सहमति कायम गरेर नयाँ प्रस्ताव ल्याए त्यसलाई पारित गराउन एमालेले पूर्णसहयोग गर्ने उनले दाबी गरे ।

सरकारले स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रियसभामा मतदान गर्न नपाउने प्रस्ताव ल्याएकाले त्यसलाई आफूहरुले नमान्ने बताउँदै रैथाने मधेसी जनतालाई अधिकारबाट बन्चित गर्न नागरिकतासम्बन्धी संशोधन ल्याएको दाबी उनको छ ।

रावलले राजपासँग वार्ता गर्न आफ्नो पार्टी तयार रहेको पनि बताए ।

Skip This