Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


स्थानीय तह निर्वाचनमा आर्थिक चलखेल धेरै भयो : पौडेल


0
Shares

शुक्रबार व्यवस्थापिका–संसद बैठकको विशेष समयमा बोल्दै नेता पौडेलले अन्तिम अवस्थामामात्र काम गर्ने शैलीलाई अन्त्य गर्न दलहरुलाई आग्रह गर्दैै उनले असोज २ गतेको निर्वाचन सुनिश्चित गराउन आग्रह गरे ।

संसदमा विचाराधीन संविधान संशोधन प्रस्तावप्रति प्रस्ट धारणा बनाउन र चुनावलाई सहज वातावरण बनाउन उनले प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरे ।

अबपनि राजनीतिकै विषयमा अलमल गरेर समय खेरफाल्ने समय नभएकाले देशलाई स्थायित्व र विकासतर्फ लैजान सबै दल गम्भीर बन्नुपर्ने पौडेलको भनाइ छ ।

स्थानीय तह निर्वाचनमा आर्थिक चलखेल धेरै भएको भन्दै असन्तुष्टि जनाउँदै उनले चुनावलाई महँगो बनाउँदा भ्रष्टाचार र कालाकर्तुत बढ्नेतर्फ सचेत हुन सबैलाई आग्रह गरे ।

नेता पौडेलले खेतीयोग्य जमिनलाई सहरीकरण गरिएकोमा चिन्ता व्यक्त गर्दै खेती हुने स्थानमा सबैतिर सहर बसाउने काम रोक्नुपर्ने धारणा राखे ।

यस्तै, एमाले सांसद रामेश्वर फुयाँलले विकास बजेट खर्च गर्न नसकेकोमा सरकारको आलोचना गरे ।

उनले विकास बजेट खर्च नहुनुमा खरिद नियमावली वा कार्यान्वयन गर्ने निकाय कसको कमजोरी हो पत्ता लगाउनुपर्नेमा जोड दिए ।

संसद बैठकमा शुक्रबार पनि विभिन्न मन्त्रालयमाथिको विनियोजन विधेयकमाथि छलफल जारी रह्यो ।

Skip This