शुक्रबार व्यवस्थापिका–संसद बैठकमा विशेष समय लिएर कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले उपचारका लागि अस्पताल गएका बिरामीको मिर्गौला चोरिएको भन्दै उपचारमा संलग्न चिकित्सक र अस्पताललाई कारबाही गर्न माग गरेका हुन् ।
सांसदहरु रामहरि खतिवडा, रामनारायण बिडारी, राममाया बोगटीलगायतले छानबिन समिति गठन गरेर अस्पताललाई कारबाही प्रक्रियामा ल्याउन र पीडितलाई न्याय दिन आग्रह गरे ।
सम्मानित नेताहरुको नाम जोडेर अस्पताल खोली ठगीधन्दा चलाउनेलाई कारबाही गर्न उनीहरुको माग थियो ।
बैठकमा बोल्ने अधिकांश सांसदले भूकम्पपीडितलाई दिने भनिएको दुई लाख रुपैयाँ एकमुष्ठरुपमा दिन आग्रह गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्









प्रतिक्रिया दिनुहोस्