 
	    २२ वर्षीया किम मल्लीबोभ्स्की नाम गरेकी ती सैनिक युवतीले सामाजिक सन्जाल ‘इन्स्ट्राग्राम’मा आफ्नो साथी बढाउन ‘हट’ फोटोहरु सार्वजनिक गरेको बताएकी छन् ।
उनले पोस्ट गरेको फोटोमा उनले राइफल बोकेर इजरायली डिफेन्स फोर्सको पोसाक कसिलो हुनेगरी लगाएकी छन् ।

त्यस्तै, रातको समयमा आफ्नो बेडरुममा गोप्यरुपमा खिचिएको फोटोहरुसमेत उनले ‘इन्स्ट्राग्राम’मा पोस्ट गरेकी छन् ।

उनले आफ्नो सेक्सी फोटोहरु ‘इन्स्ट्राग्राम’मा पोस्ट गरेपछि २० हजार फ्लोओर्स बढेको र प्रत्येक फोटोमा हजारौं लाइक तथा कमेन्ट्स आएको बताएकी छन् ।

उनले कसिलो सैनिक पोसाकमा अभ्यास गरिहेको फोटोसमेत सार्वजनिक गरेकी छन् ।

इजरायलमा सबै नागरिकलाई अनिवार्य सैनिक तालिम दिने गरिन्छ । पुरुषलाई दुई वर्ष ८ महिना र महिलालाई दुई वर्ष अनिवार्य सैनिक तालिम तथा सेवा दिनुपर्ने हुन्छ ।

इजरायलमा पूर्णकालीन सैनिक सेवामा करिब १ लाख २० हजार सैनिकले सेवा गरिरहेको बताइन्छ । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्