 
	    हालै एकजना नव गायिका र गायकले गाएको प्रेम र विछोडको भाव समेटिएको गीतले स्रोता र दर्शकलाई भावुक बनाएको छ ।
हालसालै मात्र सांगीतिक आकाशमा उदाएकी नवगायिका मनिषा शर्माको मार्मिक गीत ‘भेट हुँदैन् होला …’ को शब्द, संगीत, स्वर र भिडियोको अभिनयले स्रोता–दर्शकको मन छोएको छ ।
युट्यूबमा सार्वजनिक गरिएको उक्त गीतमा शब्द तथा लय शंकर ढकाल रहेको छ भने स्वयंम ढकालले स्वर पनि दिएका छन् । उनलाई गायिका शर्माले साथ दिएकी छिन् ।
प्रस्तुत गीतले मायालु प्रेम, प्रेमिकासँग विछोड हुनुपर्दा कत्ति पीडा हुन्छ भन्ने दर्शाउन खोजिएको छ ।

प्रेममा धोका खाए पश्चात मायालु जोडीहरु कतिसम्म भावुक हुन्छन् भन्ने गीतले देखाउँछ ।
भिडियोमा मोडलहरु विनोद ढकाल, दिपक खत्री र उस्मिता वगालेको अभिनय रहेको छ ।
काठमाडौं र आसपासका लोभलाग्दा दृश्यहरु कैद गरिएको म्युजिक भिडियोलाई मिलन कार्कीले निर्देशन तथा सम्पादन गरेका हुन् ।
म्युजिक ल्यावको प्रस्तुती रहेको उक्त गीतले प्रारम्भीक रुपमा राम्रो प्रतिक्रिया पाएको छ ।
बिशेषतः आम प्रेमजोडी युवा पुस्ताले उक्त गीत वढी मनाएको निर्माण पक्षले बताएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्