Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


मुलुक चलाउन एमालेमात्र योग्य : बामदेव


0
Shares

शनिबार राजधानीमा भएको एक कार्यक्रममा उनले स्थानीय तह निर्वाचनको परिणामले एमालेलाई मुलक चलाउने जिम्मा दिएको बताए ।

एमाले हराउने सत्ताधारी दलको षड्यन्त्र जनताले विफल बनाएको भन्दै उनले अब एमालेले मुलुक हाँक्ने बताए ।

उनले तेस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुने दाबी गरे ।

प्रदेश र केन्द्रको निर्वाचनमा पनि एमालेकै बहुमत आउने भन्दै उनले एमालेको नेतृत्वमा विकासले गति लिने दाबी गरे ।