प्रेस सेन्टर नेपाल चितवनले सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले संविधान संशोधनको प्रस्ताव लैजाने तयारी गरिरहेको बताए ।
उपप्रधानमन्त्री महराले भने–‘संविधान संशोधनको प्रस्ताव आज/भोलि नै पेस हुन्छ ।’
पत्रकारको एक प्रश्नमा उनले मन्त्रालय भागबन्डामा खासै विवाद नरहेको बताए ।
उपप्रधानमन्त्री महराले भारतले लगाएको मालसामान तथा सेवा व्यवसाय कर (गुड्स एन्ड सर्भिस ट्याक्स (जिएसटी)को नेपालमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न छिट्टै एक टोली भारत जाने जानकारी दिए ।
भर्खरैमात्र जिएसटी लागू गरेकाले त्यसको परिणाम आइनसकेको भन्दै उनले आफू केही समयअघि भारत जाँदा यस विषयमा त्यहाँका परराष्ट्रमन्त्रीसँगसमेत कुराकानी गरेको बताए ।
भारतको केन्द्रीय सरकारले १ जुलाई २०१७ देखि राष्ट्रभर नयाँ तथा एकीकृत कर प्रणाली लागू गरेको छ ।
मालसामान तथा सेवा व्यवसाय कर (गुड्स एन्ड सर्भिस ट्याक्स (जिएसटी) नामाकरण गरिएको यस नयाँ र एकल कर प्रणाली राष्ट्रव्यापीरुपमा लागू गरिएपछि यसअघि विभिन्न राज्य तथा केन्द्रमा विद्यमान अलग–अलग राज्यीय र संघीय कर व्यवस्था खारेजीमा परेको छ । रासस









प्रतिक्रिया दिनुहोस्