कन्चनपुर, असार २७ । स्थानीय तह निर्वाचनका क्रममा पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको असर केही जिल्लामा न्यून मात्र परेको छ ।
राजधानी काठमाडौंमा बन्दको कुनै असर परेको छैन । तर कास्की, रुपन्देही, बाँके, बर्दिया, कञ्चनपुरलगायतका जिल्लामा भने सामान्य प्रभाव परेको छ ।
यी जिल्लामा पनि बजार, व्यवसाय, शैक्षिक संस्था सञ्चालनमा आए पनि लामो दूरीका सबारी साधन भने सञ्चालन हुन सकेका छैनन् ।
विशेषगरी सीमा नाका भएर नेपाल फर्किएकाहरु बन्दको मारमा परेका छन् ।





प्रतिक्रिया दिनुहोस्