Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


कृष्णप्रसाद भट्टराईको प्रवचनमाला


0
Shares

मंगलबार संसदीय अध्ययन तथा विकास संस्थापनाले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवचनमालाको उद्घाटन गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले आस्था र सिद्धान्तको राजनीतिक गर्ने सन्त नेता भट्टराईको विचारमा मुलुकलाई हिँडाउनसके आगामी पुस्ताले लाभ उठाउनसक्ने बताए ।

कार्यक्रममा पुराना कांग्रेसी नेता योगप्रसाद उपाध्यायले भट्टराईको राजनीतिक जीवनकोबारेमा चर्चा गरेका थिए ।

पूर्वसभामुख दमननाथ ढुंगाना, प्राध्यापक वीरेन्द्र मिश्र, वरिष्ठ पत्रकार युवराज घिमिरेलगायतले नैतिक मूल्यको राजनीति निख्रँदै गएको वर्तमानमा किशुनजीले देखाएको बाटोमा हिँड्नसके राजनीति थोरै भएपनि सङ्लने विश्वास व्यक्त गरे ।