राजपा भने सरकारले न्यूनतम् सहमति पनि पालना नगरेर विश्वासको वातावरण नबनाएको दुखेसो गर्दैछ ।
सरकारसँग राजपाका शीर्ष नेतृत्वले गरेको वार्ता पनि उपलब्धिविहीन हुँदै आएको छ । संविधान संशोधन विधेयक संसदमा पेस भएपनि दुई तिहाइ बहुमत पुग्नेमा सरकार र राजपा ढुक्क भने हुन सकिरहेका छैनन् ।
प्रमुख प्रतिपक्ष एमालेले प्रदेश र प्रतिनिधिसभाको चुनावपछिमात्र यस विषयमा सोच्न सकिने बताइरहेकाबेला बहुमतमा निर्णायक हुनसक्ने राप्रपाले कुनै ग्यारेन्टी दिन सकेको छैन ।
यही अवस्थामा अब राजपाले तेस्रो चरणको निर्वाचनमा के गर्छ भन्ने सन्दर्भमा राजपा अध्यक्षमन्डलका सदस्य शरत्सिंह भण्डारीले सरकारले न्यूनतम् विश्वासको वातावरण पनि बनाउन नसकेको र फेरि पनि चुनावबाट पर धकेल्न खोजेको आरोप लगाएका छन् ।
मधेस आन्दोलनकाक्रममा निधन भएकालाई सहिद घोषणा, झुटा मुद्दा खारेजी र क्षतिपूर्ति गरिएको खन्डमा विश्वास र सहमतिको वातावरणमा पहिलो चरणको ढोका खुल्ने भण्डारीको भनाइ छ ।
यता, नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले भने अहिले संविधान संशोधन गर्ने उपयुक्त समय नभएको भन्दै संशोधन स्थगन गर्नु राजपाको पनि हितमा हुने तर्क गर्छन् । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।









प्रतिक्रिया दिनुहोस्