Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


विदेशमा रहेका नेपालीलाई पनि निर्वाचनमा सहभागी गराउने वातावरण बनाउन माग


0
Shares

कांग्रेसको एक प्रतिनिधिमन्डलले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी विदेशमा थुप्रै नेपाली रहेकाले उनीहरुलाई पनि निर्वाचनमा सहभागी हुने वातावरण बनाउन आग्रह गरेको हो ।

कांग्रेसले साउन मसान्तसम्म मतदाता नामावली संकलन गर्ने समय मिलाउन, मतदाता नामावली संकलनको काम स्थानीय तहमै पुगेर गर्न, देशको जुनसुकै स्थानबाट मतदाता नामावलीमा नाम लेखाउनसक्ने व्यवस्था गर्न र आफ्नै गाउँ तहमा पुगेर भोट हाल्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

जवाफमा प्रधानमन्त्री देउवाले यी सबै विषयमा निर्वाचन आयोगसँग छलफल गर्ने आश्वासन दिए ।

प्रतिनिधिमन्डलका मागमा प्रधानमन्त्री देउवा सकारात्मक रहेको कांग्रेस नेताहरुले बताएका छन् ।

यसअघि, कांग्रेसले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर पनि यही विषयमा ध्यानाकर्षण गराइसकेका छन् ।