
गत शुक्रबारबाट अमेरिकाको न्युयोर्क शहरमा हरियो कार्पेटमाथी धुमधामले मनाइएको उक्त कार्यक्रममा चलचित्र ‘नीरजा’ले सबैभन्दा उत्कृष्ट भारतीय फिल्मको अवार्ड हात पारेको हो ।
नेशनल फिल्म अवार्डबाटसमेत सम्मानित फिल्म ‘नीरजा’ एक एयर होस्टेजको आम कथामा बनेको छ ।
त्यस्तै, गतवर्षको फिल्म ‘उड्ता पन्जाब’मा शाहिद र आलियाको जोडी सफल मानिएको छ । किनभने एउटै फिल्मबाट दुबैले पुरुष र महिलातर्फ उत्कृष्ट कलाकारको ‘आइफा’ अवार्ड’ हात पार्न सफल भए ।
पछिल्लो वर्षमा बलिउडमा प्रर्दशन गरिएका चलचित्रबाट मनोनित भएका फिल्म र कलाकारबाट प्रत्येक विधामा आइफा अवार्ड दिने गरिन्छ । बलिउडमा बहुप्रतिष्ठित र सबैभन्दा महत्वपूर्ण मानिएको ‘आइफा’ अवार्ड क–कसले बाजी मारे त ?
उत्कृष्ट फिल्म – नीरजा
उत्कष्ट कलाकार (मुख्य रोल)को अवार्ड –शाहिद कपूर, फिल्म ‘उड्ता पन्जाब’ र
–आलिया भट्ट फिल्म ‘उड्ता पन्जाब’
उत्कृष्ट निर्देशन –अनिरुध रोय चौधरी फिल्म ‘पिंक’
उत्कृष्ट प्लेब्याक गायक –गायक अमित मिश्राले फिल्म ‘ए दिल है मुश्किल’,
–गायीका तुलसी कुमार फिल्म ‘एअरलिफ्ट’ र
–गायीका कनिका कपुरले फिल्म ‘उड्ता पन्जाब’
उत्कुष्ट भिलेन (नेगेटिभ रोल) – जिम शार्भा फिल्म ‘नीरजा’
उत्कृष्ट सहयोगी अभिनेता – अनुपम खेर फिल्म ‘धोनी, द अन टोल्ड स्टोरी’ र
–शबना आजमी फिल्म ‘नीरजा’
उत्कृष्ट हाँश्य (फन्नि रोल) अभिनेता – वरुण धमन फिल्म ‘ढिस्सुम’
उत्कृष्ट नव कलाकार –दिलजीत दोसांझ, फिल्म ‘उड्ता पन्जाब’ र
–दिशा पटानी, फिल्म ‘धोनी, द अन टोल्ड स्टोरी’
उत्कृष्ट पटकथा – आयशा देवेत्रे ढिल्लन र शकुन बत्रा फिल्म ‘कपूर एन्ड सन्स’
उत्कष्ट गितको अवार्ड –‘चन्ना मेरे या…’ गितकार अमिताभ भट्टाचार्य फिल्म ‘ए दिल है मुश्किल’
वुमेन अफ दि इएरको अवार्ड – तपसी पन्नु
प्रतिक्रिया दिनुहोस्