अध्यक्ष कमल थापाले एकलौटीरुपमा केन्द्रीय सदस्यहरु मनोनीत गरेपछि सुरु भएको विवाद नेताहरुले बैठक बहिस्कार गर्नेसम्मको तहमा आइपुगेको छ ।
पार्टीमा उत्पन्न विवादलगायतका विषयमा छलफल गर्न डाकिएको केन्द्रीय समितिको बैठकलाई पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले बहिस्कार गरेका छन् ।
राणाले केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेपछि कार्यकर्तालेसमेत प्रश्न उठाएका छन् ।
बैठकमा बोल्ने अधिकांशले पार्टीभित्रको आन्तरिक कलह र स्थानीय चुनावमा भएको पराजयलाई लिएर नेतृत्वको चर्को आलोचना गरेका छन् ।
‘राप्रपाको कुन्डली नै खराब’ भएको भन्दै उनीहरुले थापा र राणाको जुँगाको लडाइँले पार्टी कमजोर बनेको बताएका छन् ।
राप्रपाका उपाध्यक्ष दीपक बोहराले वरिष्ठ नेता राणा अस्वस्थ भएर बैठकमा नगएको बताएपनि कार्यकर्ताहरुले त्यसलाई पत्याएका छैनन् ।
बोहराले केन्द्रीय समितिको बैठकले समस्याको समाधान खोज्ने भन्दै पार्टी विभाजन नहुने दाबी गरे ।
उता, राप्रपाका महामन्त्री ध्रुवबहादुर प्रधानले भने राणाको अनुपस्थितिले पार्टीलाई सिंगो बनाएर लैजानेमा शुभसंकेत नगरेको बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।









प्रतिक्रिया दिनुहोस्